लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज प्रकाश सपुतको प्रस्तुती
पाेखरा | जेठ १३, २०८०
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज (शनिबार) चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ ।
अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती रहने भएको संचालक मीन गुरुङले जानकारी दिए ।
होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङको अवसर पारी शनिवार अपराह्न ४ बजेदेखी विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा पछिल्लो समय चर्चित सकम्बरी गीतका गायक प्रकाश सपुतको प्रस्तुती संगै युवापुस्तालाई लक्षित गरी स्थानिय ब्ल्याक फेदर ब्याण्डको लाइभ प्रस्तुती, लोकदोहोरी गायिका बत्ती थापा र प्रकाश सपुतको प्रत्यक्ष दोहोरी प्रस्तुती संगै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट नृत्य प्रस्तुत गरिने छ ।
कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको छ ।
“सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार गण्डकी प्रदेशको एकमात्र MRP (न्युनतम खुद्रा मुल्य) बियर रेष्टुरेण्ट हो । यस रेष्टुरेण्टमा गोर्खा बु्रअरीको उत्पादन टुबोर्ग, गोर्खा (प्रिमियम), काल्सबर्ग संगै बाह्रसिंगे, अर्ना र बर्डवाइजर बियरहरु MRP (न्युनतम खुद्रा मुल्य) मा ग्राहकहरुले उपभोग गरी बियरको मज्जा लिन सक्नेछन ।
त्यसैगरी रेष्टुरेण्टमा बियर संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्नेछन । रेष्टुरेण्टबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत प्रवद्र्धन गर्दै आइरहेको छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

